काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता जारी छ । सो वार्तामा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी भएका छन् ।
भेटमा अमेरिकी सहयोग परियोजना एमसीसीलगायत विषयमा छलफल भइरहेको बताइएको छ । वार्ता चलिरहेका बेला सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भने बालुवाटारबाट बाहिरिएका छन् ।
एमसीसीका कारण सत्ता गठबन्धनमा विवाद देखिएपछि प्रधानमन्त्री देउवाले छलफल तिव्र बनाएका छन् । सोही क्रममा देउवाले एक साताभित्रै एमालेसँग दोस्रो वार्ता गरेका छन् ।
यो वार्तालाई महत्वपूर्ण रुपमा हेरिएको छ । देउवालाई भेट्न ओली बालुवाटार पुगेका हुन् ।
Leave a Reply