Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • वीरगञ्जमा नेपाली कांग्रेसकाे प्रदर्शन

    वीरगञ्जमा नेपाली कांग्रेसकाे प्रदर्शन

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 2.3K
    SHARES

    वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा सामान्य रोगको उपचार सुरु गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदर्शन गरेको छ । नेपाली काँग्रेस पर्साले नारायणीमा बन्द गरिएका सबै जनरल सेवा सञ्चालन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हाे । लकडाउनकै अवस्थामा आइतबार बिहान ११ः३० देखि १२ बजेसम्म काँग्रेसले प्रदर्शन गरेको हो ।

    अस्पतालदेखि विर्ता चोकसम्म दुईवटा लाइनमा बसेर आधा घण्टा विरोध प्रदर्शन गरिएको काँग्रेस पर्साका सचिव श्याम पटेलले जानकारी दिए । प्रदर्शनमा सहभागीले नारायणी अस्पतालमा जनताको स्वास्थ्य उपचार पूनः सुरु होस, नारायणी अस्पताललाई जोगाऔं, कोरोना अस्पताल अन्तै व्यवस्था गरौं लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।



    काँग्रेसका पर्सा सभापति अजय द्विवेदी तीन तहका सरकारबीच समन्वय नहुँदा वीरगञ्जका जनता मर्कामा परेकोले प्रदर्शनमा उत्रिएको बताउँछन् । माग पूरा नगरे थप कडा आन्दोलनका कार्यक्रम ल्याउने उनले बताए । ‘



    नारायणीमा हाल ८ जना कोरोना संक्रमित उपचाररत छन् । कोरोना उपचारपछि घर फर्किएका रौतहटका एक युवकलाई पनि स्वास्थ्यमा समस्या देखिएपछि आइतबार यहीँ ल्याइएको छ । रौतहट इशनाथ नगरपालिकाकाका ती युवकको रिपोर्ट शंकास्पद देखिएको भन्दै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको हाे।

    नारायणी अस्पतालबाट पाइने स्वास्थ्य सेवा नेशनल मेडिकल कलेजमा सारिएको छ । हाल यो अस्पताल कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन भएकाले यहाँबाट सर्वसाधारणले पाइरहेको अन्य सेवा बन्द गरिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार