काठमाडौँ । विश्वकपमा स्थान बनाउन यूएईले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमै दुई विकेट गुमाएको छ।
पहिलो ओभरको चौथो बलमा जुनाइद सिद्धिकीको बलमा आशिफ शेख एलबी डब्लु धरापमा परे। लगत्तै बलमा मोहम्मद वासिमले लोकेश बमलाई क्याच आउट गराए।
आइसिसी टी-२० विश्वकप छनोटको सेमिफाइनलमा युएईले नेपाललाई १७६ रनको लक्ष्य दिएको छ। ओमानको अल अमेरतमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ७ विकेटको क्षतिमा १७५ रन जोड्यो।
युएईका लागि महमद वासिमले ७०, युवा विकेटकिपर वृत्य अरविन्दले ४६, मुहमद उस्मानले १७ र जवर फरिदले ११ रनको योगदान दिए।
प्रतियोगिताकै खराब बलिङ प्रदर्शन गरेको नेपालका लागि बलहरु अविनाश बोहोरा र जितेन्द्र मुखियाले समान ३/३ विकेट र कप्तान सन्दीप लामिछानेले १ विकेट हात पारे ।
प्रतियोगिताको बिजेता टोलीले फाइनलमा ओमान र आइरल्याण्डको बिजेतासँग फाइनलमा भिड्ने छ । अहिले दोस्रो सेमिफाइनलमा ओमान र आइरल्याण्डबीच पनि खेल भइरहेको छ।
फाइनल खेल्ने दुई टोली आगामी विश्वकपमा छनौट हुनेछन्।
Leave a Reply