Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा सरकारविरुद्ध प्रदर्शन

    सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा सरकारविरुद्ध प्रदर्शन

    अनलाइन नेपाल
  • मंगलबार, १० फाल्गुन २०७८
  • 1.6K
    SHARES

    जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय जनकपुरधाम अगाडि सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

    जनमतका कार्यकर्ताहरुले संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकार विरुद्ध नाराबाजी गर्दै विरोध ¥याली निकालेका हुन् ।



    किसानहरुको समस्यालाई सम्बोधन गर्न विभिन्न ११ बुँदे मागसहित विगत करिव दुई महिनादेखि जनमत पार्टीका कार्यकर्ताहरुले आन्दोलन गर्दै आएका छन् ।



    आज (मंगलवार) जनमतका कार्यकर्ताहरुले विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर नाराबाजी गरेका थिए । उनीहरुले जिल्ला निर्वाचन कार्यालय समेत घेराउ गरेका छन् ।

    तिनीहरुले निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका हुन् ।

    जनमत पार्टीको धनुषा जिल्ला संयोजक ओमविक्रम कुशवाहाले किसानका माग पूरा नभए निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार