Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • विश्वकप छनोट: नेपाललाई पहिलो सफलता, युएई ३३-१ को स्थितिमा

    विश्वकप छनोट: नेपाललाई पहिलो सफलता, युएई ३३-१ को स्थितिमा

    अनलाइन नेपाल
  • मंगलबार, १० फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । आईसीसी टि-२० विश्वकप छनोट ‘ए’ को पहिलो सेमिफाइनल खेलमा नेपालले यूएईविरुद्ध पहिलो विकेट निकालेको छ ।

    ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले दोस्रो ओभरमै पहिलो विकेट हात पारेको हो ।



    तीव्र गतिका बलर जितेन्द्र मुखियाले दोस्रो ओभरको चौथो बलमा उच्च लयमा रहेका ओपनर चिराग सुरीलाई ४ रनमा बोल्ड आउट गर्दै नेपाललाई महत्वपूर्ण सफलता दिलाएका हुन् ।



    जारी खेलमा अहिले ४.१ ओभरमा यूएईले १ विकेट गुमाउँदै ३३ रन बनाएको छ ।

    नेपालको प्लेइङ ११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, सन्दीप लामिछाने (कप्तान), कमलसिंह ऐरी, जितेन्द्र मुखिया, विवेक यादव र अभिनाश बोहरा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार