Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • संसद् बजेट अधिवेशन सञ्चालनका लागि आवश्यक तयारी पूरा

    संसद् बजेट अधिवेशन सञ्चालनका लागि आवश्यक तयारी पूरा

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउने निर्णय गरेको छ । आइतबार मध्याह्न बसेको मन्त्रिपरिषद बैठकले वैशाख २६ गते दिउँसो ४ बजे बजेट अधिवेशन आह्वान गर्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । बजेट अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने नीति तथा कार्यक्रम र बजेटमाथि छलफल हुने छ ।



    संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ १५ भित्र आगामी आर्थिक वर्ष २०७७/७८ बजेट सार्वजनिक गरिसक्नु पर्ने छ । बजेट सार्वजनिक गर्नु अगाडि सरकारले संघीय संसदमा वार्षिक नीति तथा कार्यक्रम पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।



    सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र छलफल गरी पारित गर्नुपर्ने हुन्छ ।

    बजेट सार्वजनिक गर्नु अगाडि सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नु पर्ने हुन्छ । संघीय संसद सचिवालयले संसदको बजेट अधिवेशन सञ्चालन गर्नका लागि आवश्यक तयारी लगभग पूरा भइसकेको जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार