Online Nepal
  • शुक्रबार, १६ कार्तिक २०८१
  • भीम रावललाई स्पष्टीकरण सोध्न महेश बस्नेतको माग (भिडियोसहित)

    भीम रावललाई स्पष्टीकरण सोध्न महेश बस्नेतको माग (भिडियोसहित)

    प्रचण्ड र माधवका कारण एमसीसी गिजोलियो

    अनलाइन नेपाल
  • मंगलबार, १० फाल्गुन २०७८
  • 1.4K
    SHARES

    धनगढी । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समजवादीका अध्यक्ष माधव नेपालका कारण एमसीसी गिजोलिँदै गएको बताएका छन्।

    मंगलबार प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सांसद बस्नेतले प्रचण्ड र माधव नेपालले संसदमा एउटा र बाहिर एउटा बोल्दै एमसीसीलाई विवादको विषय बनाएको र उनीहरूकै कारण एमसीसी अन्तर्राष्ट्रियकरण भएको बताए ।



    ‘यता पनि ठिक्क र उता पनि ठिक्क हुने प्रचण्ड, नेपालको शैलीका कारण आज नेपाल विवादित बन्न पुगेको छ,’ बस्नेतले भने, ‘दुईजनाका कारण नेपालको सार्वभौम सत्तामाथि आँच आउन थालेको छ, यसको जिम्मेवारी उनीहरूले नै लग्नु पर्दछ ।’



    यस्तै, बस्नेतले पार्टीको निर्णयविपरीत संसदमा आफ्ना धारणा राखेको भन्दै नेता भीम रावललाई स्पष्टीकरण सोधिनुपर्ने बताए । ‘शून्य समयमा सांसदले आफ्ना धारणा राख्न पाइने व्यवस्थाविपरीत सभामुखले भीम रावललाई बोल्न दिएका छन्,’ बस्नेतले भने, ‘यो आपत्तिको विषय हो, रावलले पनि पार्टीको निर्णय विपरित संसदमा बोलेका छन्, यस विषयमा पार्टीको संसदीय दलमा पनि गुनासो छ, उहाँलाई स्पष्टीकरण सोधिनु पर्दछ ।’

    नेता बस्नेतले सभामुख अग्निप्रसाद सापकाेटा दलीय व्यवस्थाबारे जानकार नै नरहेको आरोप लगाए । ‘उहाँले गुरिल्ला शासन व्यवस्थाबारे अध्ययन गरेको जस्तो देखिन्छ,’ बस्नेतले भने, ‘त्यही व्यवस्थाअनुसार उहाँ अघि बढ्न खोज्दै हुनुहुन्छ, संसदीय व्यवस्थाअनुसार सभामुखको भूमिका निर्वाह गर्न उहाँ असफल हुनु भएको छ ।’

    हेर्नुहोस् भिडियो:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार