Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • उत्तर र दक्षिण कोरियाका सेनाबीच सिमानामा गोली हानाहान

    उत्तर र दक्षिण कोरियाका सेनाबीच सिमानामा गोली हानाहान

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 2.1K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । उत्तर र दक्षिण कोरियाको सिमाना क्षेत्रमा दुवै देशका सैनिकबीच गोली हानाहान भएको छ । गैरसैन्य क्षेत्र(डिमिलिटराइज्ड जोन) मा आइतबार बिहान गाेली हानाहान भएकाे हाे।
    उत्तर कोरियाली सैनिकले गोली चलाएपछि दक्षिण कोरियालले जवाफी फायर गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

    दक्षिण कोरियाली सेनाको गार्ड पोस्टलाई लक्षित गरी उत्तरबाट पटक–पटक गोली प्रहार भएपछि जवाफी फायर गरिएको दक्षिण कोरियाली सेनाले जानकारी दिएको समाचारमा जनाइएको छ ।



    उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक भएको एक दिनपछि कोरियाली प्रायद्वीपमा दुई देशका सैनिकबीच गोली हानाहान भएको हो ।



    दक्षिण कोरियाली अधिकारीले पछिल्लो घटनाका बारेमा सैनिक हटलाइनमार्फत बुझिरहेको पनि जनाएको छ । सन् १९५३ मा दुई कोरियाली देशबीचको युद्ध प्राविधिक रुपमा समाप्त भए पनि बेलाबेला तनाव सिर्जना हुने गरेको छ । गैरसैन्य क्षेत्र भनिने ‘डीएमजेड’ विद्युतीय तारको घेरा र ‘माइन’ बिच्छ्याइएको ठाउँ हो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार