एजेन्सी । संयुक्त राष्ट्रसङ्घका लागि रुसी राजदूतले सुरक्षा परिषद्को बैठकमा बोल्दै रुससमर्थित पृथक्तावादीहरू भएको युक्रेनी क्षेत्रलाई ‘युक्रेनी आक्रामकता’ बाट जोगाउनुपर्ने बताएका छन्।
रुस राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्य हो। रुसी राजदूत भसिली निबिन्ज्याले ‘डोन्बासमा नयाँ रक्तपात हुन दिने काम नचाहेका’ बताए।
युक्रेनले आफूले तनाव बढाएको भन्ने आरोपको खण्डन गरेको छ। उनका अनुसार रुस कूटनीतिका लागि अझै खुला रहेको र मिन्स्क सम्झौतामा प्रतिबद्ध रहेको बताए।
युक्रेनको पूर्वी क्षेत्रमा आठ वर्ष लामो द्वन्द्व अन्त्य गर्न र छुट्टिएर बसेका क्षेत्रको हैसियत निर्धारण गर्न उक्त सम्झौता गरिएको थियो।
त्यसअघि अमेरिकी राजदूतले मस्कोले उक्त सम्झौतालाई ध्वस्त पारेको आरोप लगाएका थिए।
युक्रेनमा आक्रमण गर्नका लागि मस्कोले उक्त देशमा रहेका रुसी जातीय समूहलाई संरक्षण गर्ने बहाना बनाउन खोजिरहेको आफ्नो विश्वास रहेको अमेरिकाले बताएको छ। बीबीसी नेपाली
Leave a Reply