एजेन्सी । बेलायतले बिहीबारदेखि सबै किसिमको कोरोना प्रतिबन्ध हटाउने भएको छ । साथै अप्रिल १ बाट निःशुल्क कोरोना परीक्षण पनि अन्त्य गरिनेछ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले संसदमा बोल्दै अब कोरोनासँग बाँच्नुपर्ने बताएका हुन् । उनले कोरोना संक्रमण पुष्टि भएका मानिसले इमान्दारीपूर्वक घरमा नै आइसोलेसनमा बस्नुपर्ने बताए ।
अप्रिल १ बाट निकै जोखिममा रहेका मानिसको मात्र कोरोना परीक्षण निःशुल्क गरिनेछ ।
यद्यपि बेलायतको मेडिकल एसोसिएसनले अहिले अघि सारिएको योजनाले कोरोनाबाट सबैभन्दा जोखिममा रहेका मानिसलाई बचाउन नसक्ने उल्लेख गरेको छ।
Leave a Reply