Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोना निको भएर घर फर्केका युवालाई पुन:शंका देखिएपछि अस्पताल भर्ना

    कोरोना निको भएर घर फर्केका युवालाई पुन:शंका देखिएपछि अस्पताल भर्ना

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडौं।  कोरोना निको भएर घर फर्केका रौतहटका १९ वर्षिय युवालाई पुन:शंका देखिएपछि अस्पताल भर्ना गरिएको छ।

    रौतहट इशनाथ नगरपालिकाकाका ती युवकको रिपोर्ट शंकास्पद देखिएको भन्दै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ।



    शनिबार राति स्वास्थ्यकर्मीको टोलीले उनलाई अस्पताल ल्याएको थियो। तीन भारतीय मुस्लिम धर्म प्रचारक सहित उनी गत आइतबार अस्पतालबाट डिस्चार्ज भएका थिए। डिस्चार्ज भए पछि पनि उनको थ्रोट स्वाब पुन: परीक्षणको लागि लिइएको थियो।



    उक्त रिपोर्ट संकास्पद भएको भन्दै उनलाई रातिनै अस्पताल पुर्‍याइएको हो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार