Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • पहाडी भूभागमा वर्षा र चट्याङको सम्भावना

    पहाडी भूभागमा वर्षा र चट्याङको सम्भावना

    अनलाइन नेपाल
  • सोमबार, ९ फाल्गुन २०७८
  • 945
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको रहेको छ ।

    उक्त प्रणालीका कारण पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



    आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



    त्यस्तै,आज राति पनि देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

    प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। अझै पनि बिहान र बेलुकीको समयमा चिसो कायमै रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार