Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • आजको मौसम : मेघगर्जन, चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

    आजको मौसम : मेघगर्जन, चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

    अनलाइन नेपाल
  • आइतबार, ८ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । देशको मौसममा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ ।

    दिउँसो पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, चट्याङ्गसहित सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण मौसम बद्ली भइ सामान्य वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् बताएका छन् । अहिले देशको पहाडी भूभागमा आंशिक बद्लीको साथै तराईमा हुस्सु र कुहिरो लागेको छ ।



    मौसमी प्रणालीको आंशिक प्रभाव रहेको र आउँदो तीन दिनसम्म बद्ली, वर्षा र हिमपात गराउने महाशाखाले जनाएको छ ।मौसम बद्लीका कारण बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार