काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन निष्पक्ष रूपमा सञ्चालन गर्न आग्रह गरेका छन् ।
सूर्यविनायक नगरपालिकाले भक्तपुरको जगातीमा सञ्चालनमा ल्याएको सूर्यविनायक नगर अस्पतालको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले आउँदो वैशाख ३० गते हुने चुनाव निष्पक्ष सञ्चालन गर्न कर्मचारी र सुरक्षाकर्मीलाई आग्रह गरेका हुन् ।
एमाले कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न समेत उनले निर्देशन दिएका छन् । उनले सत्ता गठबन्धनले एमसीसीबारे निर्णय गर्न नसक्दा अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको दाबी गरे ।
अध्यक्ष ओलीले पार्टी छाडेर गएका नेता, कार्यकर्ताहरूलाई एमालेमै फर्कन समेत आह्वान गरेका छन् ।
Leave a Reply