Online Nepal
  • बिहिबार, १५ कार्तिक २०८१
  • पद जोगाउन एमसीसीसँग नेकपा एसको सम्झौता !

    पद जोगाउन एमसीसीसँग नेकपा एसको सम्झौता !

    अनलाइन नेपाल
  • शनिबार, ७ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना पार्टी र संसदहरुको पद जोगाउन अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अगाडी बढाउने निर्णय गरेको छ ।

    आज बसेको एकीकृत समाजवादीको बैठकले नेकपा एमालेले गर्दै आएको संसद अवरोध हटेको खण्डमा एमसीसी संसदमा पेस गर्न दिने निर्णय गरेको हो ।



    आजको स्थायी कमिटी बैठकले सहमति जुटेमा एमसीसी पेस गर्न दिने निर्णय गरेको प्रवक्ता जगनाथ खतिवडाले बताएका छन् । उनले भने–‘संसद अवरोध हट्नुपर्छ । एमसीसीबारे छलफल हुने वातावरण बन्नुपर्छ ।’



    यद्यपी बैठकले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने निर्णय गरेको छ । एसमीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिइएको छ ।

    विगत लामो समयदेखि नेकपा एमालेले माधव कुमार नेपाल पक्षले गैरकानुनी रुपमा पार्टी दर्ता गरेको भन्दै उक्त पक्षका सांसदहरुलाई कारबाही गर्नुपर्ने माग गर्दै संसद अवरोध गरिरहेको छ । सभामुखले एमालेको निवेदन अनुसार कारबाही गरेको खण्डमा नेकपा एसका सांसदहरुको पद खारेज हुनेछ ।

    अर्कोतिर एमसीसी संसदमा टेबल भएको खण्डमा पास हुने संभावना बलियो छ । बैठकपछि नेकपा एसकी पार्टी सचिव तथा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले त एमसीसी पास नै गर्नुपर्ने बताइसकेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार