Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाल टेलिकमद्वारा प्रजातन्त्र दिवसको अवसरमा भोल्टी कल निःशुल्क

    नेपाल टेलिकमद्वारा प्रजातन्त्र दिवसको अवसरमा भोल्टी कल निःशुल्क

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 1K
    SHARES

    काठमाडौं । नेपाल टेलिकमले ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा भ्वाइस ओभर एलटीई अर्थात भोल्टी (VoLTE) कल निःशुल्क प्रदान गर्ने भएको छ ।

    टेलिकमले एमपोस (MpoS) बाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराउने पनि भएको छ । टेलिकमले आजै एक विज्ञप्ति जारी गरी उक्त अफर भोलि एक दिनका लागि उपलब्ध हुने जनाएको छ ।



    नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी (VoLTE) सेवामा भोलि कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुने टेलिकमले जनाएको छ ।



    ‘साथै, सोही अवसरमा भोलि फागुन ७ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।’–टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार