Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • टी-२० विश्वकप ग्लोबल छनोट

    नेपाललाई छैटौं सफलता, ओमान ३६-६ को स्थितिमा

    नेपाललाई छैटौं सफलता, ओमान ३६-६ को स्थितिमा

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । नेपालले आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट ‘ए’ मा बलिङतर्फ ओमानविरुद्ध सानदार सुरुवात गरेको छ ।

    ब्याटिङमा खराब सुरुवात गरेको नेपालले बलिङमा राम्रो सुरुवात गरेको हो । १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको ओमानले आठ ओभरमा ६ विकेट गुमाउँदै मात्र ३५ रन बनाएको छ ।



    नेपालका लागि कमल ऐरी, जितेन्द्र मुखिया, दिपेन्द्रसिंह ऐरी, अविनाश बोहोरा  र कप्तान सन्दीप लामिछानेले समान एक/एक विकेट हात पारेका छन्।



    यसअघि अल अमेरत क्रिकेट मैदानमा टस हारेर सुरुवाती ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरको समाप्तिमा ८ विकेट गुमाउँदै ११७ मात्र बनाउन सकेको थियो ।  नेपालका लागि सर्वाधिक अरिफ शेखले ३८ रनको योगदान दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार