Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • रुसले युक्रेनमा हमलाका लागि ‘बनावटी’ कारण खोजिरहेको अमेरिकाको दाबी

    रुसले युक्रेनमा हमलाका लागि ‘बनावटी’ कारण खोजिरहेको अमेरिकाको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । रुसले युक्रेनमा हमला गर्न ‘बनावटी’ कारण खोजिरहेको अमेरिकाले आरोप लगाएको छ । रुसको सैन्य कारबाही तत्कालै सुरु हुन सक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले आरोप लगाएका हुन् ।

    उनले कुटनीतिक समाधान अझै सम्भव रहेकोमा जोड दिए । यस्तै अमेरिकी विदेशमन्त्रीले मस्कोले हमलाको औचित्य देखाउन प्रयोग गर्न सक्ने कयौँ कुराको सूची प्रस्तुत गरेका छन् ।



    न्युयोर्कमा राष्ट्रसङ्घीय सुरक्षा परिषदमा बोल्ने क्रममा एन्टोनी ब्लिङ्कनले रुसी हमला कस्तो खाले हुन सक्छ भन्ने स्पष्ट नभएको बताएका छन् ।



    मस्कोले भने अमेरिकी दाबीलाई आधारहीन रहेको भन्दै अनावश्यक विवाद र तनाव बढाएको आरोप लगाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार