काठमाडौं । एमसीसी टुंगो लगाउन सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बैठक बस्न लागेको हो ।
अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबल गर्ने नगर्ने विषयमा निर्णय सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
त्योसँगै गठबन्धनको भविष्य पनि तय हुने भएकाले आजको बैठक ‘निर्णायक’ मानिएको छ । यसअघि, बिहीबार बसेको बैठक निष्कर्षविहीन बनेको थियो । नेताहरू आफ्नो पूर्ववत् अडानबाट पछि नहटेपछि बैठक निष्कर्षविहीन सकिएको थियो ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी संसद्मा टेबल गरेरै संसदीय प्रक्रियाबाट टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए ।
Leave a Reply