Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • बामदेबले धोका दिँदा प्रचण्ड र नेपाल समूहको पराजय !

    बामदेबले धोका दिँदा प्रचण्ड र नेपाल समूहको पराजय !

    अनलाइन नेपाल
  • शनिबार, २० बैशाख २०७७
  • 5K
    SHARES

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् ।

    प्रधानमन्त्री ओलीले सरकार र पार्टी सञ्चालनमा भएको कमी कमजोरीप्रति आत्मालोचना गरेका हुन् ।



    सचिवालयको शनिबारको निर्णयसँगै ओलीको प्रधानमन्त्री र अध्यक्ष दुबै पद बचेको छ । सचिवालयको बैठकमा ओलीको जित भएको छ । बामदेव गौतम, विष्णु पौडेल र रामबहादुर थापाले ओलीलाई साथ दिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको पराजय भएको नेकपाभित्र टिप्पणी हुन थालेको छ ।



    सचिवालयको बैठकमा आफूले भने अनुसार नभएपछि अध्यक्ष प्रचण्ड बालुवाटारबाट मलिन अनुहार बनाउँदै बाहिरिएको एक नेताले बताए । वरिष्ठ नेता नेपाल पनि मलिन भएर बाहिरिएका छन् ।

    सचिवालय बठक बस्नु अघि नेकपाका महासचिव बिष्णु पौडेल ओलीका पक्षमा खुलेर  लागेका थिए भने उधारो आश्वासनकै कारण बामदेव गौतमले पनि ओलीलाई साथ दिए। बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभा सदस्यमा लैजाने निर्णय गरेको छ ।

    उपाध्यक्ष गौतमलाई कास्की, बाके, पाल्पालगायतका जिल्लाबाट निर्वाचनमा उम्मेदवार बनाई प्रतिनिधिसभामा ल्याउने निर्णय गरे पनि उनले जित्ने या हार्ने भन्ने कुरा भने जनताको हातमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार