Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • पाँच जिल्लाका सिडिओहरु हेरफेर, को कहाँ पुगे ? [सूचीसहित]

    पाँच जिल्लाका सिडिओहरु हेरफेर, को कहाँ पुगे ? [सूचीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गृह मन्त्रालयले पाँच जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट पाँच जिल्लामा प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेका हुन् ।

    मन्त्रीस्तरीय निर्णयबाट रुकुमपूर्वमा कृष्णबहादुर खड्का, हुम्लामा सिता परियार र जाजरकोटमा रामबहादुर शाहीलाई प्रजिअ बनाएर पठाइएको छ ।



    खड्का लाहान इलाका प्रशासन कार्यालयको प्रमुख, परियार भक्तपुरको सहायक प्रजिअ र शाही एयरपोट अध्यागमन कार्यालयमा कार्यरत थिए। धनकुटामा युवराज कट्टेल र नुवाकोटमा नारायण रिसाललाई प्रजिअ बनाएर पठाइएको हो । त्यस्तै, तीन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि परिवर्तन गरिएका छन्।



    जाजरकोटमा प्रजिअ रहेका प्रेम देवकोटालाई बर्दियामा सहायक प्रजिअ बनाएर पठाइएको छ । हुम्लाका प्रजिअ गणेश आचार्यलाई एयरपोट अध्यागमनमा पठाइएको छ। बर्दियाका सहायक प्रजिअ माधव शर्मालाई भक्तपुरमा सहायक प्रजिअ बनाएर पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार