Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • ओलीलाई ‘बामदेब कार्ड’ सफल, प्रचण्डले आत्मालोचना गर्नुको कारण के हो ?

    ओलीलाई ‘बामदेब कार्ड’ सफल, प्रचण्डले आत्मालोचना गर्नुको कारण के हो ?

    अनलाइन नेपाल
  • शनिबार, २० बैशाख २०७७
  • 3.9K
    SHARES

    काठमाडौं। केही दिन यता समस्यामा परेका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)अध्यक्ष केपी शर्मा ओली आजबाट पार्टीभित्र बलियो बनेका छन्।

    सचिवालय बठक बस्नु अघि नेकपाका महासचिव बिष्णु पौडेल ओलीका पक्षमा खुलेर आएपछि ओलीलाई केही राहत मिल्यो भने बैठकमा ‘बामदेब कार्ड’ पनि ओलीका लागि सफल साबित भएको छ।



    भैसेपाटी बैठकमा ओलीको बिपक्षमा रहेका नेता गौतम र पौडेललाई ओलीले प्रयोग गर्न सफल भएको नेकपाका एक केन्द्रिय सदस्य वताउँछन। आजको निर्णयलाई ओलीको चमत्कारी क्षमताका रुपमा लिइएको छ।



    तर पौडेल र बामदेबलाई आश्वासन दिएर प्रयोग गरे झै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रधानमन्त्री ओलीको प्रस्ताव भने असफल भएको छ।

    र अब उक्त च्याप्टर क्लोज भएको छ। तेस्रो अध्यक्ष बन्ने कुरामा स्वयम माधव नेपाल पनि असहमत बनेका हुन।
    विवाद बढ्दै जाँदा नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव ओलीले गरेका थिए।

    बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभा सदस्यमा लैजाने निर्णय गरेको छ । उपाध्यक्ष गौतमलाई कास्की, बाके, पाल्पालगायतका जिल्लाबाट निर्वाचनमा उम्मेदवार बनाई प्रतिनिधिसभामा ल्याउने निर्णय गरेको छ । सचिवालय बैठकले वैशाख २५ गते बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

    सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समेत आत्मालोचना गरेको कुरा बाहिर आएको छ। तर,उनले के कारणले आत्मालोचना गरे भन्ने प्रस्ट छैन। केही दिन यता हुँदै आएका गुटगत बैठक प्रचन्डकै पहलमा भए पनि बामदेब, झलनाथ खनाल,माधव नेपालले समेत छुट्टाछुट्टै रुपमा आयोजना गरेका थिए।

    नेकपाको आन्तरिक राजनीतिमा उतारचढावको संकेत आएसँगै प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली समूहको बालुवाटार, माधवकुमार नेपाल समूहको कोटेश्वरमा बैठक बसेको थियो । पार्टी फुटाउने बाटो नलाग्ने दुई अध्यक्षले सचिवालय सदस्यहरुलाई निर्देशन दिएको वताइएको छ।

    पार्टीलाई एकजुट बनाएर कोरोना महामारीविरुद्ध लड्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार