महोत्तरी । महोत्तरीको गौशालामा एम्बुलेन्सको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका वडा नम्बर ११ बस्ने ३५ बर्षिय तेजलाल महतो रहेका छन्।
महतो रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा काम गरेर साईकलमा घर फर्केने क्रममा बुधबार राति स १ च १३९३ नम्बरको एम्वुलेन्सको ठक्करबाट घाइते महतोको उपचारको लागि जनकपुर लाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मृतक महतोको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश विष्टले बताए ।
ठक्कर दिने एम्वुलेन्स र चालक सर्लाही वरहथवा नगरपालिका ९ बस्ने ३४ बर्षिय रामविहारी महतो अहिले प्रहरीको नियन्त्रणमा रहेको डिएसपी विष्टले जानकारी दिए ।
Leave a Reply