Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • अनेरास्ववियुद्वारा केपी ओली र योगेश भट्टराईसहित एमालेका नेताहरुविरुद्ध अख्तियारमा उजुरी

    अनेरास्ववियुद्वारा केपी ओली र योगेश भट्टराईसहित एमालेका नेताहरुविरुद्ध अख्तियारमा उजुरी

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूमाथि कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको छ ।

    बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियुले सरकारमा रहँदा केपी शर्मा ओलीसहित तत्कालीन मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको दावी गर्दै निष्पक्ष छानबिनको माग गरेको हो ।



    उजुरीमा झापास्थित गिरीबन्धु टी स्टेटको नाममा रहेको हदबन्दी भन्दा बढीको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अर्बौं मूल्य पर्ने जग्गा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गराउन सहयोग गरेर नीतिगत भ्रष्टाचार गरेको उल्लेख गरिएको छ ।



    अनेरास्ववियुको तर्फबाट बागमती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरित उजुरीमा सो प्रकरणमा तत्कालीन भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल लगायतलाई पनि कारबाहीको माग गरिएको छ।

    यस्तै स्वास्थ्य सामग्री खरिद प्रक्रियामा तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि ओम्नीसँगको अनियमितता प्रकरणमा मुछिएकाले उनीहरुमाथि छानविन गरी भ्रष्टाचारमा कारबाही गर्न माग गरिएको छ।

    यसैगरी भिजिट नेपाल २०२० को नाममा राज्यकोषको करोडौं रकम हिनामिना भएको भन्दै तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईमाथि पनि छानबिनको माग गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार