Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • अमेरिकाले चीन र नेपालबीच विवाद उत्पन्न गराउन एमसीसी ल्याएको ग्लोबल टाइम्सको आरोप

    अमेरिकाले चीन र नेपालबीच विवाद उत्पन्न गराउन एमसीसी ल्याएको ग्लोबल टाइम्सको आरोप

    निर्मल लामिछाने
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । पछिल्लो समय निकै विवादमा रहेको अमरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको बिषयलाई लिएर उत्तरी छिमेकी देश चीनले मुख खोलेको छ ।चीनले नेपालको एमसीसीबारे आफ्नो धारणा सार्वजनिक समेत गरेको छ ।

    चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्समा प्रकाशित हुने गरेका लेखहरूमा एमसीसी चीनविरुद्ध भूराजनीतिक लक्ष्यसहितको सम्झौता भएको उल्लेख गरिएको छ । तर, नेपालमा एमसीसीविरुद्ध चीनले भ्रामक सूचना फैलाइरहेको पछिल्लो आरोप आएसँगै चीनले आफ्ना कारण नभई नेपाल भित्रका घरेलु चिन्ताहरूकै कारण एमसीसी संसद्ले अनुमोदन नगरेको ग्लोबल टाइम्सलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ।



    यस्तै, ग्लोबल टाइम्सले चिनियाँ इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडिजका एशिया प्रशान्त विभागका प्रमुख लान जिआनसूले अमेरिकाले चीन र नेपालबीच बेमेल र विवाद जन्माउने उद्देश्य राखेर चीनलाई बदनाम गराइरहेको आरोप समेत लगाएको बताएको छ।



    ‘एमसीसी सुरुवातदेखि नै पूर्वाधार निर्माणको आवरण भित्रको एउटा भूराजनीतिक साधन थियो,’उनले लेखेका छन्, ‘पूर्ण रूपमा एमसीसीलाई अनुमोदन गर्नु नेपाललाई चीनविरोधी अमेरिकी कित्तामा उभ्याउनु हो।’

    लेखमा सन् २०१९ मा अमेरिकी विदेश मन्त्रालयका दक्षिण एशिया हेर्ने कार्यवाहक अमेरिकी उपसहायक मन्त्री डेभिड जे रान्जले एमसीसी नेपालमा इन्डो प्यासिफिक रणनीतिअन्तर्गत कार्यान्वयन भइरहेको सबैभन्दा महत्त्वपूर्ण परियोजना भएको धारणा राखेको पनि उल्लेख गरेका छन्।

    तर, गत सेप्टेम्बरमा अमेरिकी सरकारले नेपालसँग हस्ताक्षर भएको कम्प्याक्ट इन्डो प्यासिफिक रणनीतिको हिस्सा नभएको र अनुदान सम्झौतामा कुनै सैन्य अङ्ग नभएको उल्लेख गरेको थियो ।

    ती चिनियाँ प्राध्यापकले चीन आसपास समस्याहरू निम्त्याउन अमेरिका लागिपरेको टिप्पणी गर्दै नेपालले सोचविचार गरेर मात्रै निर्णय लिने विश्वास गरेका ग्लोबल टाइम्सको लेखमा लेखेका छन्। पछिल्लो पाँच वर्षदेखि नेपालले एमसीसीका बारेमा राखिरहेको मतले चीनका छिमेकी देशहरूको धारणाको प्रतिनिधित्व गर्ने उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार