Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अब पीसीआर विधिबाट कोरोना परीक्षण १७ वटा अस्पतालबाट

    अब पीसीआर विधिबाट कोरोना परीक्षण १७ वटा अस्पतालबाट

    अनलाइन नेपाल
  • शनिबार, २० बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । चीनबाट सुरू भइ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को परीक्षण दायर बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारबाट देशभरका १७ अस्पतालबाट पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण सुरु भएको हो।

    मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार विराटनगरस्थित कोसी अस्पतालसँगै त्यहाँ रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट पीसीआर विधिबाट कोरोना परीक्षण सुरु भएको जानकारी दिए।



    पीसीआर परीक्षणा सेती प्रादेशिक अस्पताल, धनगढी, प्रादेशिक प्रयोगशाला ,सुर्खेत, राष्ट्रिय गहुँ बाली अनुसन्धान केन्द्र, भैरहवा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, भरतपुर कोभिड-१९ डायग्नोस्टिक प्रयोगशाला चितवन, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडा, काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल, धुलिखेल, जनकपुर प्रादेशिक अस्पताल जनकपुर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोसी अस्पताल विराटनगर, वीर अस्पताल काठमाडौं, पाटन अस्प्ताल, ललितपुर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलगायतमा पनि कोरोना परीक्षण भइहेको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार