काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको छलफल सकिएको छ। छलफल सकिएलगत्तै प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् ।
भेटमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासामु राष्ट्रिय सहमतिबिना एमसीसी पास गर्न नहुने बताएको प्रचण्डको स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन्।
दाहालका अनुसार अब भोलि दिउँसो ३ बजे गठबन्धनका शिर्ष नेताहरुको बैठक बस्ने भएको छ।
यसअघि सिंहदरबारमा बसेको माओवादीको संसदीय दलको बैठक सकिएलगत्तै अध्यक्ष प्रचण्ड कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
माओवादीले संसद सुचारु नहुँदासम र एमसीसीमा राष्ट्रिय सहमति नबन्दासम्म एमसीसी टेबुल गर्न नसकिने निष्कर्ष निकालेको थियो । सोही निर्णय सुनाउन अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन्।
Leave a Reply