काठमाडौं । अमेरिकी सहयोग परियोजना कर्पोरेशन (एमसीसी)विरुद्ध संसद भवन परिसर नयाँ बानेश्वरमा प्रदर्शन गरिएको छ ।
आज बस्ने संसद बैठकमा एमसीसी टेबल हुने सम्भावना बढेपछि नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसियल र नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले संयुक्तरुपमा प्रदर्शन गरेका हुन्।
उनीहरू नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुगेर प्रदर्शन गरिरहेका छन् । ‘एमसीसी खारेज गर’, ‘देश बेच्न पाइदैन’, ‘राष्ट्रघाती सम्झौता चाहिंदैन’जस्ता प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन्।
यसअघि भर्खरै सम्पन्न माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसीविरुद्ध उभिने औपचारिक निर्णय नै गरिसकेको छ । यस्तै, एमसीसीको बिरोधमा विप्लव नेतृत्वको नेकपासहित पाँच दलीय गठबन्धनले पनि देशभर नेपाल बन्दको आह्वान गरेको छ ।
Leave a Reply