Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • एमालेले संसद अवरोधलाई कायमै राख्ने, कार्यव्यवस्था समितिको बैठक पनि बहिस्कार

    एमालेले संसद अवरोधलाई कायमै राख्ने, कार्यव्यवस्था समितिको बैठक पनि बहिस्कार

    अनलाइन नेपाल
  • बुधबार, ४ फाल्गुन २०७८
  • 990
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद बैठक अवरोधलाई कायमै राख्ने भएको छ ।

    बिगत लामो समयदेखि एमालेले आफुले कारवाही गरेका १४ सांसदबारे सभामुख अग्नि सापकोटाले सूचना ननिकालेको भन्दै निरन्तर संसद अबरोध गर्दै आएको छ । फलस्वरूप आज बस्ने संसद बैठकमा पनि त्यसलाई नै निरन्तरता दिने बुझिएको छ।



    तर, त्यसअघि सभामुख सापकोटाले बोलाएको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि एमालेले आफ्नो उपस्थिति नजानाउने जनाएको छ।



    एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार सभामुख सापकोटाले एमालेको मागलाई बेवास्ता गरेका कारण यस्तो निर्णय गरेको हो। नेता नेम्वाङले संसद अवरोध कायमै राख्ने र कार्यव्यवस्थामा आउँदैनौ भनेर प्रमुख सचेतकले जानकारी दिइसकेको बताए ।

    ‘हाम्रो अवरोध निरन्तर रहन्छ । कार्यव्यवस्थामा हामी सहभागी हुँदैनौ भनेर प्रमुख सचेतक विशाल भट्टराईले जानकारी गराउनुहुन्छ’, नेता नेम्वाङले भने।

    सभामुख सापकोटाले ११ः ३० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठक संसद बैठकका कार्यसूची तय गर्न बोलाएको हो। उक्त बैठकमा एमसीसी टेबुल हुने बुझिएको छ। संसद बैठक दिउँसो १ बजे बस्दैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार