एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अझै पनि रुसले युक्रेनमा आक्रमण गर्ने सम्भावना रहेको दाबी गरेका छन् ।
रुसले युक्रेनको सीमाबाट आफ्ना सैनिक फिर्ता लिन थालिसके पनि अमेरिकी राष्ट्रपति बाइडेनले रुसले युक्रेनमा आक्रमण गर्ने सम्भावना रहेको दाबी गरेका हुन् ।
टेलिभिजनबाट राष्ट्रको नाममा सम्बोधन गर्दै बाइडेनले अमेरिका रुसले आक्रमण गरेको अवस्थाको सामना गर्न पनि तयार रहेको निर्देशन दिएका छन् ।
बाइडेनले युक्रेनको सीमामा अहिले करिब १ लाख ५० हजार रुसी सैनिक रहेको बताएका छन् । रुसले युक्रेन सीमाबट आफ्ना सैनिक फिर्ता ल्याउन थालिएको बताए पनि अमेरिकाले त्यसको पुष्टि हुन बाँकी रहेको बताएको छ ।
Leave a Reply