Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • नेपाल बन्द घोषणासँगै गृह मन्त्रालयको निर्देशन-‘शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउनु’

    नेपाल बन्द घोषणासँगै गृह मन्त्रालयको निर्देशन-‘शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउनु’

    अनलाइन नेपाल
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पाँच राजनीतिक दल र एउटा मोर्चाले बुधबार नेपाल बन्द आह्वान गरेपछि सरकारले शान्ति सुरक्षा चुस्त राख्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

    सरकारले एमसीसीलाई भोलि संसदमा टेबल गर्न लागेको भन्दै वामपन्थी दलहरुले नेपाल बन्दको घोषणा गरेका छन् ।



    सोही सूचना प्राप्त भएको भन्दै गृहमन्त्रालयले कानुन विपरीतका गतिविधिहरु हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो ।



    कानून विपरीतका उल्लेखित गतिविधिहरु हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रले उच्च सतर्कता र निगरानी बढाई जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउनुहुन आदेशानुसार अनुरोध छ’ गृहमन्त्रालयले भनेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार