काठमाडौं । आफ्नो स्थापना दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थापना दिवसका अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारको यो निर्णयसँगै बुधबार प्रदेशभित्रका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ, संस्था एवं शिक्षण संस्था समेत बन्द रहने छन् ।
गण्डकी सरकार २०७४ फागुन ४ गते निर्माण भएको थियो।
Leave a Reply