Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • पढाउन छोडेर लोक सेवा, शिक्षक सेवा आयोगको कक्षामा सहभागि नहुन शिक्षकलाई निर्देशन

    पढाउन छोडेर लोक सेवा, शिक्षक सेवा आयोगको कक्षामा सहभागि नहुन शिक्षकलाई निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय समयमा नियमित पठनपाठनबाहेकका काम नगर्न सामुदायिक विद्यालयका शिक्षकहरूलाई आग्रह गरेको छ ।

    केन्द्रले देशैभरका शिक्षा विकास तथा समन्वय इकाइलाई आज मङ्गलवार पत्र लेख्दै विद्यालय समयमा नियमित पठनपाठन भएरनभएको बारे अनुगमन गर्न निदेृशन दिएको हो ।



    सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालयको समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायतका तयारी कक्षा, कोचिङ कक्षामा पढ्नेरपढाउने तथा त्यससँग सम्बन्धित अनलाइन कक्षामा सामेल हुने गरेको गुनासो आएको केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाले शिक्षा विकास तथा समन्वय इकाइलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।



    यदि त्यस्तो गरिएको पाइएमा कारबाही गर्ने केन्द्रले चेतावनी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार