काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ ।
मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ जना सहसचिवको सरुवा गरेका हो । जसमा सहसचिव खेमराज कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ।
यस्तै, सेवन्तराज दाहाललाई निर्वाचन आयोगबाट सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।
कृष्णप्रसाद काप्रीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, लिलाप्रसाद शर्मालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र विनु बज्राचार्य कुँवरलाई राष्ट्रिय सतर्कता केन्द्रमा पठाइएको छ ।
यसैगरी बाबुराम गौतमलाई संघीय मामिला तथा सामान्य प्रशासन(अतिरिक्त समूह) मा सरुवा गरिएको छ।
हेर्नुस् सूची:
Leave a Reply