Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • आरजू राणाको पोल खोल्दै आनन्द बतास

    आरजू राणाको पोल खोल्दै आनन्द बतास

    अनलाइन नेपाल
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 3.9K
    SHARES

    काठमाडौं । सेटिङमा हात पारेका आफ्नो ठेक्कामाथि सरकारले हमला गरेपछि व्यवसायी आनन्दराज बतास यतिबेला अदालतमार्फत आफ्नो धन्दा जोगाउने प्रयासमा लागेका छन् । सरकारी सम्पत्ति हात लिएर व्यापार गर्दै आएका उनी सरकारविरुद्ध अदालत गएका छन् ।

    पशुपति धर्मशालादेखि नारायणहिटीभित्र क्याफेका नाममा खोल्न लागिएको रेष्टुरेन्टको ठेक्का सरकारले रद्द गरिसकेको छ । पोखरा र तनहुँमा अघि बढेका काम पनि अब अवरुद्ध भएपनि सरकारी सम्पत्तिमा करोडौं कमाउने उनको योजना रोकिएको छ ।



    पर्यटनमन्त्री प्रेम आलेले लोकप्रियताका लागि यस्तो निर्णय गरेको आरोप उनले लगाएका छन् । तर, भित्री रुपमा भने प्रधानमन्त्री शेरबहादुर देउवा समेत आफुविरुद्ध लागेको बतासको बुझाई छ । राजनीतिक रुपमा बतास कांग्रेस निकट भएपनि पछिल्लो समय देउवासँग उनको सम्बन्ध बिग्रिएको छ । आर्थिक कारोबारकै क्रममा सम्बन्ध बिग्रिएको बतासले नै आफ्नो लगानी रहेको केही अनलाइनमार्फत सार्वजनिक गरेका छन् ।



    विगतमा धेरै व्यवसायमा आरजुले उनलाई सघाएका थिए । क्याटर पिलर नामक हेभि इक्विपमेन्टको नेपालका लागि डिलरशीप लिन आरजुले नै बतासलाई सघाएका थिए । यस्तो धेरै व्यापारमा बतासले देउवाको सम्बन्धलाई प्रयोग गरेका थिए । सोही कारण पोखराको सामान्य व्यापारीबाट ठूला व्यवसायीका रुपमा उदाएका थिए ।

    राजनीतिक रुपमा बतास कांग्रेस निकट भएपनि पछिल्लो समय देउवासँग उनको सम्बन्ध बिग्रिएको छ । आर्थिक कारोबारकै क्रममा सम्बन्ध बिग्रिएको बतासले नै आफ्नो लगानी रहेको केही अनलाइनमार्फत सार्वजनिक गरेका छन् । विगतमा धेरै व्यवसायमा आरजुले उनलाई सघाएका थिए । क्याटर पिलर नामक हेभि इक्विपमेन्टको नेपालका लागि डिलरशीप लिन आरजुले नै बतासलाई सघाएका थिए ।

    पछिल्लोपटक आरजुमार्फत नै उनले पोखराको मणिपाल मेडिकल कलेज हात पार्ने प्रयास गरेका थिए । भारतीय पक्षसँग आरजुले नै डिल गरेर कलेज किनबेचको वातावरण मिलाएकी थिइन् । सो मेडिकल कलेजको खरिदमा आरजुले मध्यस्ततावापत बिना लगानी धेरै शेयर मागेपछि सम्बन्ध बिग्रिएको दाबी बतासले गरेका छन् । कमिसन विवादकै कारण सो मेडिकल कलेजको किनबेचको प्रक्रिया रोकिएको छ ।

    बतास अर्गनाइजेसमा आरजु सल्लाहकार रहनुले पनि सो निकटता पुष्टि हुन्छ । तर, विवाद आउने वित्तिकै आरजुले आफु सो अर्गनाइजेसमा नरहेको भनेर प्रष्टीकरण दिएकी थिइन् । अहिले असहयोग समेत गरेपछि बतासले आरजुको पोल खोल्न थालेका हुन् ।

    यद्यपि, उनले देउवासँग सम्बन्ध सुधारको प्रयास गरिरहेका छन् । कांग्रेस नेता उदयशमशेर जबरामार्फत सुधार गर्ने प्रयासमा बतास लागेको स्रोत बताउँछ । उदयशमशेर बतासका साझेदार समेत हुन् । नारायणहिटीको प्रोजेक्ट असफल भएपनि पशुपति धर्मशालामा भने होटललाई निरन्तरता दिने उनको रणनीति छ ।

    त्यस्तै, टंगालको लक्ष्मी नारायण मन्दिर प्रकरणमा पनि सिडिओ कार्यालयले छानबिन थालेपछि उनी काठमाडौंका सिडिओ गोविन्द रिजालमार्फत कारबाही रोक्न लागेका छन् । मन्दिरको जग्गा र भवन बिना प्रतिस्धर्पा लिजमा लिएर उनले कार्यालय राखेका छन् । जसको स्थानीयले विरोध गर्दै आएका छन् । दृष्टि साप्ताहिकमा खबर छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार