Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • मन्त्री आलेले ५० लाख नदिएपछि अडियो सार्वजनिक

    मन्त्री आलेले ५० लाख नदिएपछि अडियो सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 3.1K
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ५० लाख नदिएपछि उनले गरेको गालीगलौचको अडियो सार्वजनिक गरिएको छ।

    मन्त्री आलेको सचिवालयका अनुसार आलेसंग अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत ओलीले ५० लाख रुपैया माग गरेका थिए। तर मन्त्री आलेले उक्त रकम नदिएपछि उक्त अडियो सार्वजनिक भएको सचिवालयले जनाएको छ।



    ओली नामका व्यक्तिसँग मन्त्री आलेको दोहोरो भनाभन भएको अडियो भाइरल भएको छ । जसमा मन्त्री आले र ओली दुवैले अश्लील शब्दको प्रयोग गरिएको उक्त अडियोमा सुनिन्छ ।



    निरन्तर रुपमा मन्त्री आलेलगायतका नेताहरुका बिरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गर्दै आएका ओलीले मन्त्री आलेलाई पटक पटक मानसिक तनाव दिएपछि मन्त्री आलेले उनलाई गाली गरेको बताइएको छ ।

    ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको अत्यन्त आपत्तिवनक तस्वीर जोडेर उनले सामाजिक संजालमा समेत राखेका थिए ।

    मन्त्री आले र ओलीबीचको संवाद एमाले कार्यकर्ता जगत ओलीकाे फेसबुकबाट सार्वजनिक भएसँगै सामाजिक संजालभर उनको राजिनामाको माग उठेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार