काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौता चीनविरुद्ध नरहेको बताएका छन् ।
मंगलबार नयाँबानेश्वरस्थित संसदमा भवनमा बसेको संसदीय दलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता महतले एमसीसी चीनविरुद्ध नरहेको बताएका हुन् ।
‘एमसीसी चीनविरुद्ध रहेको हल्ला फिँजाइएको छ,’ महतले भने, ‘यो चीनविरुद्ध छैन ।’ महतले एमसीसी लागू गर्दा नेपालमा अमेरिकी सेना नआउने र देशकै हितमा रहेको समेत बताए । ‘यो देशकै हितमा छ, विदेशी सेना आउने कुरै छैन।’
महतका अनुसार एमसीसी अनुमोदनका लागि भोलि बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस हुने सम्भावना बढी रहेको छ । ‘सम्भवतः भोलि बस्ने संसद बैठकमा एमसीसी पेस हुने सम्भावना बढी छ’, महतले भने ।
आफ्नो पार्टीका अधिकांश सांसद एमसीसीको पक्षमा रहेको महतको भनाइ छ।
Leave a Reply