Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • चीनबाट स्याउ र लसुन भित्रिएपछि किन आन्दोलित भए जनप्रतिनिधि ?

    चीनबाट स्याउ र लसुन भित्रिएपछि किन आन्दोलित भए जनप्रतिनिधि ?

    अनलाइन नेपाल
  • शनिबार, २० बैशाख २०७७
  • 1.3K
    SHARES

    काठमाडौँ । उत्तर छिमेकी राष्ट्र चीनकाे सीमावर्ति जिल्लाका जनता र जनप्रतिनिधि आन्दोलित बनेका छन् । तातोपानी नाकाबाट स्याउ र लसुनसमेत भित्र्याउन थालिएपछि उनीहरू आन्दोलित बनेका हुन्।

    कोरोना भाइरस (कोभिड-१९) को त्रासमा मेडिकल र खाद्य सामग्रीमात्रै भित्रिने सहमतिमा खोलिएको नाकाबाट यस्ता वस्तु भित्रिरहेको उनीहरुको भनाइ छ । संक्रमणको जोखिम बढेको भन्दै भोटेकोसी गाउँपालिका वडा १, २, ३ र ४ का अध्यक्षसहित स्थानीयले शुक्रबार तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालय, प्रशासन, प्रहरीलगायतलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।



    बन्दरगाहमा कुनै कर्मचारी उपस्थित नभएपछि भन्सार गेटमै सुरक्षाकर्मीलाई ज्ञापनपत्र बुझाएर फर्किएको भोटेकोसी गाउँपालिका-३ का अध्यक्ष कैलाश पौडेलले जानकारी दिए ।



    स्थानीय सरकारको आग्रह अटेर गर्दै तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका कर्मचारी, जिल्ला प्रशासन, केही व्यापारी र बिचौलियाको मिलेमतोमा स्याउ र लसुन भित्र्याइएको जनप्रतिनिधिको आरोप छ । ‘चीनबाट सरकारको तोकेको मापदण्डविपरीत पासविहीन रुपमा सामान भित्रिँदा देशमै कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढेको छ,’ उनले भने ।

    हालै चीनबाट दिनहुँ १० वटा कन्टेनर आइरहेको र अब एम्बुलेन्स, ट्रयाक्टर, हेल्मेट, आर्मी कभर ब्याडलगायतका सामग्री आउने उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले तातोपानी नाकाबारे आफूले भन्सारका प्रमुखबाट जानकारी पाएको र अब छलफलमा जाने बताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार