Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • खोप विरोधी प्रदर्शन रोक्न क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ल्याए आपतकालीन ऐन

    खोप विरोधी प्रदर्शन रोक्न क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ल्याए आपतकालीन ऐन

    अनलाइन नेपाल
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । कोरोना खोपविरुद्ध आन्दोलन चर्किदै गएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले त्यसलाई रोक्न आपतकालीन ऐन ल्याएका छन् ।

    सरकारले क्यानडाबाट अमेरिका जाने ट्रक चालकहरूलाई अनिवार्य खोपको प्रावधान ल्याउपछि आन्खोलन उग्र बन्दै गएको थियो । सो आन्दोलन रोक्न क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले कडा कदम चालेका हुन् ।



    उनले खोप विरोधी अभियान नियन्त्रणका लागि सरकारले आपतकालीन ऐन ल्याएका छन् । सरकारले चाल्ने कदमको क्षेत्र ‘समय—सीमित’, ‘उचित र समानुपातिक’ हुने तर सेना परिचालन नहुने प्रधानमन्त्रीले जानकारी दिएका छन् ।



    नयाँ कानुनअनुसार सरकारले अदालतको आदेशबिना बैंकहरुले प्रदर्शनमा सहभागी हुने जोकोहीको बैंक अकाउन्ट बन्द गर्नेछ । सयौं प्रदर्शनकारी क्यानडाको राजधानीमा छन् ।

    क्यानडेलीलाई सुरक्षित गर्न सरकारले नयाँ कानुन ल्याएको प्रधानमन्त्रीले बताएका छन् । प्रदर्शनकारीलाई कैद वा जरिवाना गर्न र महत्वपूर्ण पूर्वाधार रक्षाका लागि प्रहरीलाई ‘बढी औजार’ दिइने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार