Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • सरकारद्धारा सुदूरपश्चिमका चारसहित पाँच स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

    सरकारद्धारा सुदूरपश्चिमका चारसहित पाँच स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले सुदूरपश्चिमका चारसहित विभिन्न जिल्लाका पाँच स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

    बाढी, पहिरोलगायतका विपद्‍बाट ठूलो मानवीय क्षती भएको र ती स्थानीय तह बढी प्रभावित भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।



    गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिसमा सरकारले सुदूरपश्चिम प्रदेशका चार र प्रदेश १ को एक स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । संकटग्रस्त क्षेत्र २०७९ वैशाख मसान्तसम्म लागू हुने मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार सुदूरपश्चिममा डोटीको शिखर गाउँपालिका, डडेल्धुराको भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिका, दार्चुलाको नौगाड गाउँपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।

    हेर्नुहोस् सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार