एजेन्सी । बङ्लादेशमा कोरोना संक्रमणदर कम हुँदै गएपछि विद्यालयहरू पूनः सञ्चालन गर्ने तयारी गरिएको छ ।
प्रधानमन्त्री शेख हसिनाले विद्यालयहरू सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिइन् ।
उनका अनुसार यही फेब्रुअरीको अन्त्यदेखि देशभरीका सबै शैक्षिक संस्थाहरू सञ्चालन गर्ने तयारी भएको हो ।
भौतिक रूपमा उपस्थित भएर अध्ययन गर्न नपाउँदा विद्यार्थीहरूले दिक्क मानेको, साथी तथा शिक्षकशिक्षिकालाई भेट्न खोजेको, कक्षाकोठा तथा विद्यालयमा रमाउन चाहेको पनि उनले बताइन् ।
प्रधानमन्त्री हसिनाले देशभरी खोप लगाएका विद्यार्थीहरूको सङ्ख्या, विद्यालयहरूको अवस्था, विद्यालय सञ्चालन गर्ने तरिकालगायतका विषयमा अध्ययन र छलफल भइरहेको जानकारी दिइन् ।
Leave a Reply