Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सोलुखुम्बुमा १ सय १६ जनामा मात्र आरडिटी परीक्षण

    सोलुखुम्बुमा १ सय १६ जनामा मात्र आरडिटी परीक्षण

    अनलाइन नेपाल
  • शनिबार, २० बैशाख २०७७
  • 1.8K
    SHARES

    काठमाडाैँ। हिमाली जिल्ला सोलुखुम्बुमा हालसम्म ११६ जनाको कोरोना भाइरस सङ्क्रमण आरडिटी परीक्षण गरिएको छ । हालसम्म गरिएको आरडिटी परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय सोलुखुम्बुका निमित्त कार्यालय प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिए । जिल्लाको सोलु दूधकुण्ड नगरपालिकामा ४३, माप्य दूधकोशी गाउँपालिकामा १६ र खुम्बु पासाङल्हामु गाउँपालिकामा ११ जनाको परीक्षण गरिएको कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार नेचासल्यान गाउँपालिकामा २०, थुलुङ दूधकोशी गाउँपालिकामा तीन, महाकुलुङ गाउँपालिकामा चारजना लिखुपिके गाउँपालिकामा चार र सोताङ गाउँपालिकामा आठजनाको परीक्षण गरिएको छ । रोजगार तथा अन्य कामका सिलसिलामा जिल्ला बाहिर गएर फर्किएका नागरिक रहेका छन् । यस्तै वैदेशिक रोजगारीबाट जिल्ला आएका पाँचजनाको पिसिआर टेष्ट गरिएको निमित्त प्रमुख राजवंशीले जानकारी दिए । उनका अनुसार उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । थुलुङदूधकोशी गाउँपालिका तीनजना र सोलुदूधकुण्ड नगरपालिकाका–२ जनाको स्वाब परीक्षण गरिएको कार्यालयले जनाएको छ ।



    क्वारेन्टाइनमा ३३ जना



    जिल्लाको विभिन्न क्षेत्रमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ३३ पुगेको छ । बाहिरी जिल्ला र वैदेशिक रोजगारबाट आएका शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित कार्यालय प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिए ।

    छिमेकी जिल्ला उदयपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले बाहिरी जिल्लाबाट आएकाको अवस्थाबारे कडा निगरानी बढाइएको उनको भनाइ छ । शुक्रबारमात्रै उदयपुरबाट सोताङ गाउँपालिका आएका सातजनालाई क्वारेन्टाइनमा राखिएको छ । यस्तै लिखुपिके गाउँपालिकामा दुईजना र माप्य दूधकोशी गाउँपालिकामा २४ जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    जिल्लाको आठ स्थानीय तहले केही दिनअघि मात्रै चार हजार ५०० भन्दा बढी नागरिकको उद्धार गरेर गाउँ ल्याएको छ । विभिन्न कामका लागि जिल्ला बाहिर रहेका नागरिकको उद्धार गरेको स्थानीय तहले शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने काम गरेको जनाएको छ । बाहिर जिल्लाका नागरिक गाउँ आएपछि त्यहाँका स्थानीयवासीमा त्रास पैदा भएकाले स्वास्थ्य सुरक्षा सतर्कतामा ध्यान दिइएको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराँतीले जानकारी दिए । रासस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार