Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • ४८ घण्टाभित्र रुससँग बैठक गर्न युक्रेनको आह्वान

    ४८ घण्टाभित्र रुससँग बैठक गर्न युक्रेनको आह्वान

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    एजेन्सी । युक्रेनले रुस र एउटा मुख्य युरोपेली सुरक्षा समूहका अन्य सदस्यहरूसँग ४८ घण्टाभित्र बैठक गर्न आह्वान गरेको छ।

    युक्रेनी विदेशमन्त्रीले आफ्नो देशसँगको सीमामा उच्च मात्रामा सैनिकहरू तैनाथ गर्नुको कारण बताउन गरिएका औपचारिक आग्रहलाई यसअघि मस्कोले अस्वीकार गरेको बताएका छन्।



    विदेशमन्त्री दिमेत्रो कुलेबाले बैठक आह्वान गर्ने कामलाई ‘अर्को कदम’ बताउँदै त्यसमा रुसी योजनाको ‘पारदर्शिता’ खोजिएको बताए । युक्रेनले शुक्रवार भियना सम्झौतामा आधारित रहेर रुससँग उसको मनसायबारे जवाफ खोजेको बताइएको छ।



    उक्त सम्झौतालाई एउटा युरोपेली अन्तरसरकारी सुरक्षा सङ्गठन ओएससीईले स्वीकारेको छ जसमा रुस समेत सदस्य छ । युक्रेनतर्फको सीमामा एक लाखभन्दा धेरै सैनिक भेला पारे पनि मस्कोले हमलाको योजनालाई अस्वीकार गर्दै आएको छ।

    तर, केही पश्चिमा देशले रुसले हमलाको तयारी गरिरहेको आरोप लगाएका छन्। यता अमेरिकाले मस्कोले ‘जुनकुनै बेला’ हवाई बमबारी गरेर हमला सुरु गर्न सक्ने जनाएको छ।

    एक दर्जनभन्दा धेरै देशले त्यहाँबाट आफ्ना नागरिकलाई घर फर्कन आग्रह गर्नुका साथै आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता लगेका छन्। सीबीएस न्यूजले तीनवटा स्रोतलाई उल्लेख गर्दै अमेरिकाले किएभबाट आउँदो ४८ घण्टामा आफ्ना सबै कर्मचारीलाई फिर्ता लैजाने तयारी गरिरहेको जनाएको छ। बीबीसीको सहयोगमा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार