काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका छन् ।
दिउँसो १ बजेका लागि फुल कोर्ट बोलाइएको हो । बैठकमा प्रधानन्यायाधीश जबरालाई महाअभियोग लागेपछि विकसित घटनाक्रमबारे छलफल हुनेछ ।
जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएशन आन्दोलनरत बनेपछि दुई धारमा बाँडिएका न्यायाधीशहरु पनि आजको पूर्ण बैठकमा सहभागी हुने भएका छन् ।
आइतबार महाअभियोगको प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका हुन् ।
Leave a Reply