Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • क्वारेन्टाइन लैजाँदै गर्दा बाटाेमै एक जनाकाे मृत्यु

    क्वारेन्टाइन लैजाँदै गर्दा बाटाेमै एक जनाकाे मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २० बैशाख २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    डडेल्धुरा। भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरिएका एक नेपालीको मृत्यु भएको छ। बैतडीको पुर्चौंडी नगरपालिका–६ मनकाली बस्ने ६७ वर्षीय जुने लुहारको शनिबार बिहान क्वारेन्टाइनमा लैजाँदै गर्दा बाटाेमा मृत्यु भएको हो।

    उनको शनिबार बिहान बाटोमा हिँड्दाहिँड्दै मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ। मृतक लुहारको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि धनगढी पठाउने तयारी भएको छ। कुँवरका अनुसार लुहारसँग आएकाहरूलाई छुट्टै क्वारेन्टाइनमा राख्ने तयारी भएको छ।



    लुहार १८ वैशाखमा भारतकाे पिथौरागढबाट झुलाघाट नाका हुँदै बैतडी आएका थिए। एक महिनाअघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै बसेका थिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार