Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • हराएका दुई बालबालिकालाई सकुशल उद्धार गरी आफन्तको जिम्मा

    हराएका दुई बालबालिकालाई सकुशल उद्धार गरी आफन्तको जिम्मा

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले हराएका दुई बालबालिकालाई सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाएका छन् ।

    प्रहरीका अनुसार जनकपुरधाम उपहानगरपालिका वडा नम्वर १४ मनिपाल क्षेत्रबाट हराएका ५ वर्षीय दीक्षान्त दासलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित ब्रह्मपुरी चोकबाट उद्धार गरिएको हो ।



    यस्तै, जनकपुरधामको जानकी मन्दिरबाट हराएकी ६ वर्षीया सोनीकुमारी मुखियालाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थित पुल्चोकबाट शुक्रबार नै खोजतलास गर्ने क्रममा फेला परेको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।



    सिरहा जिल्लाको बरियारपट्टी नगरपालिका घर भई जनकपुरधामको मणिपालक्षेत्रमा नन्दकहाँ १ महिनादेखि बसोबास गर्दै आएकी दीपिका दासका छोरा दीक्षान्तलाई हराएको दुई घण्टामै धनुषा प्रहरीले उद्धार गरेको थियो ।

    यता सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ५ का बुधन मुखिया छोरीको विवाहका लागि जनकपुरधामस्थित जानकी मन्दिरमा नजिक चटपटे किन्ने क्रममा हराएकी उनकी अर्की छोरी सोनीकुमारीलाई पनि खोजी भईरहेको प्रहरी प्रवक्ता बस्नेतले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार