Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • म्यानमारको सैनिक सरकारको एक वर्ष पूरा, आठ सय भन्दा बढी कैदी रिहा

    म्यानमारको सैनिक सरकारको एक वर्ष पूरा, आठ सय भन्दा बढी कैदी रिहा

    अनलाइन नेपाल
  • शनिबार, २९ माघ २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । म्यानमारको सैनिक (जुन्टा) सरकारले सत्ता सम्हालेको एक वर्ष पूरा भएको छ ।

    सरकारले ८०० भन्दा बढी कैदीबन्दीलाई शनिवार आममाफीको घोषणा गरेको छ । म्यानमारले देशको संघीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा आममाफीको घोषणा गरेको हो ।



    म्यानमारको निर्वाचित सरकारलाई अपदस्थ गरेको वर्ष दिन पुग्दा सैनिक प्रशासनले राजधानीमा परेडका साथै विशाल प्रदर्शन छ । संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार गत वर्षको सैन्य ‘कू’ देखि नै म्यानमारमा ठूलो समूहले सरकारविरोधी प्रदर्शन गर्दै आएको छ ।



    देशभर आम विरोध प्रदर्शन र त्यसपछिको सैन्य दमनमा एक हजार ५०० भन्दा बढी नागरिकहरूको ज्यान गएको छ ।

    जुन्टा प्रमुख मिन आङ हलिङले ८१४ कैदीहरूका लागि ‘माफी आदेश’ जारी गरेको राज्य सञ्चालित सञ्चारमाध्यमले ७५ औं संघीय स्वतन्त्रता दिवसका अवसरमा अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेका छन् । यस्तै सात विदेशी पनि रिहा भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार