Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • हिमपहिरोमा पुरिएका सात जनाकै शव फेला

    हिमपहिरोमा पुरिएका सात जनाकै शव फेला

    अनलाइन नेपाल
  • शनिबार, २० बैशाख २०७७
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कास्कीको अन्नपूर्ण गाँउपालिका–१ हिङकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका थप दुई जनाको शव फेला पारेको छ। सेनाले तीन नेपाली गाइड तथा चार कोरियन पर्यटकहरुमध्ये एक नेपाली र एक कोरियनको शव निकालेर नेपाल प्रहरीको जिम्मा लगाएको छ।

    पोखरास्थित सेनाको सेकेण्ड रेञ्जर बटालियनबाट खटिएको उद्धार टोलीले शवको शुक्रवार उद्धार गरि परीक्षणका लागि पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको नेपाली सेनाले जनाएको छ। यो सँगै हिमपातमा परेका सबैको उद्धार गरिसकेको नेपाली सेनाले जानकारी दिएको छ।



    गत माघ ३ गते गएको हिमपहिरोमा ३ जना नेपाली गाइड र ४ जना कोरियन पर्यटकहरु पुरिएका थिए । तीमध्ये २ जना नेपाली गाइड र ३ जना कोरियन पर्यटकहरुको शव पहिल्यै फेला परिसकेका थिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार