Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • जन्ती बोकेको जीप दुर्घटना हुँदा २२ जना घाइते, तीनको अवस्था गम्भीर

    जन्ती बोकेको जीप दुर्घटना हुँदा २२ जना घाइते, तीनको अवस्था गम्भीर

    अनलाइन नेपाल
  • शनिबार, २९ माघ २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    दाङ । दाङको चिसापानीमा जन्ती बोकेको जीप दुर्घटना भएको छ ।

    भारत उत्तर प्रदेशको शङ्करपुरबाट दाङको राजपुर खरदरियामा दुलही लिन आउँदै गरेको जीप दुर्घटना भएको हो ।



    दुर्घटनामा परेर २२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



    घाइते सबैको लमहीमा उपचार भइरहेको बताइएको छ । जीप हिजो बेलुका गढवा गाउँपालिका वडा नम्बर–५ चिसापानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार