Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • डेरीमा दूधको मूल्य १० रुपैयाँ बढ्यो, प्रतिलिटर कति ?

    डेरीमा दूधको मूल्य १० रुपैयाँ बढ्यो, प्रतिलिटर कति ?

    अनलाइन नेपाल
  • शनिबार, २९ माघ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल डेरी एशोसियशन र डेरी उद्योग सङ्घले दूधको मूल्य लिटर १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् ।

    निजी क्षेत्रबाट दूध बिक्री गर्ने यी दुई डेरी उद्योगले यहाँ आज पत्रकार सम्मेलन गरी सरकारले निर्धारण गरेको दूधको मूल्य आफूहरूलाई मान्य नहुने भन्दै यही फागुन १ गतेदेखि लागू हुने गरी दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको घोषणा गरेका हुन् ।



    त्यसैगरी किसानले पाउने मूल्य प्रतिलिटर ५३ रुपैयाँ ४५ पैसाबाट बढाएर ६२ रुपैयाँ कायम गरिएको छ । सो मूल्यको दूधमा चार प्रतिशत फ्याट र आठ प्रतिशत एसएनएफको गुणस्तर कायम हुनुपर्छ ।



    पहिला स्ट्यान्डर्ड प्रशोधन गरिएको दूधको प्रतिलिटर मूल्य ७६ रुपैयाँ थियो भने अब ५०० एमएलको एक प्याकेटको खुद्रा बिक्रि मूल्य ४३ रुपैयाँ रहेको छ ।

    डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले दूधको मूल्यबारे पटकपटक सरकार र सम्बन्धित निकायलाई सल्लाह र सुझाव दिँदासमेत बेवास्ता भएपछि आफूहरूले मूल्य घोषणा गर्न बाध्य भएको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार